टिकाराम कार्कीले पाए पपुलर भोट ! बने एक्यानको कार्यसमिति सदस्य !


काठमाडौँ । सिए टिकाराम कार्की नेपाल चार्टड एकाउन्टेन्ट्स संघको कार्यकारी समितिको सदस्यमा पपुलर भोटसहित बिजय भएका छन् । उनी आनन्द शर्मा प्यानलबाट निर्वाचनमा उठेका थिए ।

यता संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने महासचिवको पद तेज सुवेदीले हात पारेका छन् । यस्तै कोषाध्यक्षमा सुशील घिमिरे बिजय भएका छन्।