चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले बैंक छोडे, अवको गन्तब्य के ?


काठमाडौं - ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मनोज ज्ञवाली बाहिरिएका छन्। उनले आफ्नो कार्यकाल बाँकी रहँदै बैंकको सीईओबाट बाहिरिएका हुन् । चार बर्षे कार्यकालका लागि नियुक्त भएका उनी दुई बर्ष बाँकी छँदै बैंक छाडेका हुन्। उनले यहि बैंशाख १५ गतेबाट लागू हुनेगरी बैंकको सीईओबाट बिदा हुने छन्.।

चार्टड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पूँजी बजारमा करिव २१ बर्षको अनुभव छ।