अडान र माछापुच्छ्रे बैंक बिच व्यावसायिक कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिनाधितो व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ५९ शाखाबाट एकै दिनमा बिनाधितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा, ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गरिनेछ । यो सम्झौता पछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र व्यावसायिक एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिनुभएकाे छ ।

अडानले लेखाव्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखाव्यबसायीहरुको हितका लागि बिभिन्न राष्टिय तथा अन्तराष्टिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान) का तर्फबाट अध्यक्ष मोहन राज रेग्मीले माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको छ ।