चार्टर्ड एकाउन्टेन्ट र उनीहरुका 'जीवनसाथी'लाई १५ लाख सम्म विनाधितो ऋण


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंक लि. बीच एक्यानमा आवद्ध सदस्यहरुलाई बिनाधितो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय २४ शाखाबाट एकै दिनमा बिनाधितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए ।

एक्यानमा आवद्ध सदस्यका 'जीवनसाथी'द्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी दिए ।

यस समझदारी पत्रमाकामना सेवाविकास बैकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राजशर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।