थोरै परिमार्जन भएर सार्वजनिक भयो सिएको परिक्षा तालिका, बिबिएसको परिक्षासँग जुध्यो, ग्याप पनि छैन !


  • सिए सरोकार सम्बाददाता 
 काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर ८ देखि हुने भएको छ । यसअघि आइक्यानका उपाध्यक्षले डिसेम्बर १३ बाट परिक्षा गर्ने जानकारी गराएको भएपनि सकेसम्म छिटो परिक्षा सक्नुपर्ने प्रस्ताव शिक्षा समितिमा आएपछि मितिलाई थोरै परिमार्जन गरी परिक्षा तालिका सार्वजनिक भएको हो  

आइक्यानमा आइतबारबाट हुन लागेको आन्दोलनले सिर्जना गर्न सक्ने सम्भावित जोखिम टार्नसमेत परिक्षा अलि छिटो सुरु गर्ने काम भएको आइक्यानका एक उच्च अधिकारीले जानकारी गराएका छन्  विद्यार्थी उक्त आन्दोलनमा सहभागी नहुन् भन्नका लागि पनि परिक्षा केहि दिन अगाडी सारिएको उनको दाबी छ 

 कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो । 

तर यसपालीको परिक्षा पनि बिबिएसको परिक्षासँग जुधेको छ   जसका कारण विद्यार्थीहरु मारमा परेका छन्   अर्कोतर्फ शनिबार पनि ग्याप नराखी रुटिन सार्वजनिक गरिएको छ