आरएहरुलाई सिए बन्ने बाटो सहज बनाउँदै आइक्यान, यस्तो छ टास्क फोर्सले काउन्सिललाई बुझाएको रिपोर्ट (रिपोर्टसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिए बन्ने बाटो झन् सजिलो बनाउने गरी रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई प्रतिवेदन बुझाएको छ । केहि समय अगाडी आरएहरुको क्षमता अभिवृद्धि लगायतका एजेन्डाहरुबारे अध्ययन गर्न उक्त टास्क फोर्स बनेको थियो । नोभेम्बर १ तारिखका दिन आइक्यानमा बुझाइएको उक्त प्रतिवेदनमा आरएहरुलाई सिए बन्ने बाटो सहज हुनेगरी सुझावहरु दिइएको छ ।

प्रतिवेदनमा हाल आरएहरुले सिए अध्ययन गर्न चाहेको खण्डमा सस्पेन्ड गर्नुपर्ने सीइओपी सस्पेन्ड गर्नु नपर्ने, क्याप टु पूरै एक्जेम्सन दिने, क्याप थ्रीमा पनि आरएहरुले पढेको विषयलाई लिएर पाठ्यक्रम 'म्याच' गरी केहि विषय छुट दिने, र आर्टिकलशिपको हकमा पनि सार्है सहज हुने गरी अगाडी बढ्न सकिनेगरीका सुझावहरु छन् ।

यस विषयमा आइक्यानको गत काउन्सिलमा समेत छलफल भएको थियो भने आइतबार हुने काउन्सिलको बैठकमा पनि छलफल हुनेछ । आखिर के छ त प्रतिवेदनमा ? हेर्नुहोस् पूरा प्रतिवेदन :