सिए विद्यार्थीको जीवनमा आधारित नेपाली चलचित्र 'सोचको उडान' युट्युबमा !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सिए विद्यार्थीहरुको जीवनमा आधारित चलचित्र ‘सोचको उडान’ अब युट्युबमा उपलब्ध भएको छ ।  चलचित्रमा अभिषेक खकुराल, हेमन्त सापकोटा र राजन कँडेलको लगानी रहेको छ भने चलचित्रमा लगानीकर्ता अभिषेक, हेमन्त, राजनलगायत प्रियंका पाण्डे होनी ताम्राकार कृष्ण कार्की सुसान्त पाठक, भाष्कर ओली, भुवन पाण्डे, अनिष ओली समिया कार्की, मौनता घिमिरे, कुमार पाण्डे, सनम पाण्डे, गणेश गुरुङ र सुदर्शन पाण्डे लगायतकाको अभिनय रहेको छ ।

निर्माण भएको झन्डै ५ बर्षपछी चलचित्र युट्युबमा उपलब्ध भएको हो । चलचित्रलाई हेमन्त सापकोटाको टिमले बनाएको हो । चलचित्रका निर्देशक शिव विकले हुन् । चलचित्रको अफिसियल मिडिया पार्टनरका रुपमा सिए सरोकार डटकमसमेत रहेको छ ।