'आइक्यानको '१५ बर्षे निर्णय' गलत र गैरकानुनी छ, निर्णय नसच्चिए अदालत जान्छौँ' : एक्यान अध्यक्ष वाग्ले

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । आइक्यान काउन्सिलको चुनावी सरगर्मी बढिरहेका बेला सबैलाई अचम्मित पार्ने गरी आइक्यान काउन्सिलमा पार्षद् बन्न आइक्यानको सदस्य भएको १५ बर्ष पुगेको हुनुपर्ने व्यवस्थाको एजेन्डा पास भएपछी अधिकांस सिएहरुले यसको खुलेरै विरोध गरेका छन् । 

काउन्सिलमा 'विविध'मा ल्याएर उक्त एजेन्डा पास गरेपछि नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का अध्यक्ष आनन्द शर्मा वाग्लेले सो निर्णय  गलत भएको बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै उनले सो निर्णय गलत भएको भन्दै उक्त निर्णय सच्याउनसमेत काउन्सिल सदस्यहरुलाई आग्रह गरेका छन् भने सो निर्णय नसच्चिएको खण्डमा आफुहरु अर्थमन्त्रालयमा सो निर्णयको विरुद्धमा लविङ गर्न पनि जाने र कसैगरी पनि सो निर्णय नसच्चिए अदालत जानसमेत पछी नपर्ने बताएका छन् । 

प्रस्तुत छ सिए सरोकारकर्मीले उनीसँग यस विषयमा गरेको कुराकानी : 

https://www.casarokar.com/2021/01/Breaking-4.html