अर्थमन्त्रीसँग भेटेर एक्यानले भन्यो- 'कर विवरण बुझाउने म्याद थप गरिदिनुपर्यो...'


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को प्रतिनिधि टोलीले अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई भेटी कर विवरण बुझाउने म्याद थप गर्न माग गरेको छ । बुधबार, पौडेलसँग भेट गर्दै एक्यानले यस्तो माग गरेको हो । 

सो भेटमा एक्यानकाका तर्फबाट संघका अध्यक्ष सिए. आनन्दराज शर्मा वाग्ले, महासचिव सिए. तेज प्रसाद सुबेदी, कार्यकारी सदस्य सिए शेषमणि दाहालको सहभागिता रहेको थियो भने सिए निल सारुले उक्त भेटको सहजीकारण गरेकाथिए ।

'अहिले धेरै सिएहरु र धेरै व्यापारी, व्यवसायीहरु पनि कोरोना संक्रमित भएर आराम गरिरहनु भएको छ । यस्तो महामारीका बेला कर विवरण बुझाउने म्याद थप्नुपर्छ भन्ने हाम्रो माग अर्थमन्त्रीसमक्ष राखेका छौं ।' सिए सरोकारसँग कुराकानी गर्दै संघका महासचिव तेज सुवेदीले भने, 'हाम्रो मागमा अर्थमन्त्री पनि सकारात्मक देखिनुभएको छ। '