आइक्यान काउन्सिलको निर्णय -'अव संस्थाको पार्षद् बन्न सदस्य भएको १५ बर्ष हुनुपर्ने...'

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । आइक्यान काउन्सिलको चुनावी सरगर्मी बढिरहेका बेला सबैलाई अचम्मित पार्ने गरी आइक्यान काउन्सिलमा पार्षद् बन्न आइक्यानको सदस्य भएको १५ बर्ष पुगेको हुनुपर्ने व्यवस्थाको एजेन्डा पास भएको छ । यो समाचार तयार गर्दासम्म चलिरहेको आइक्यान काउन्सिल बैठकमा उक्त निर्णय पास भएको हो । 'विविध'मा ल्याइएको उक्त एजेन्डामा केहि सिएहरुले आपत्ति जनाउँछु भन्दाभन्दै अध्यक्षले एजेन्डा पास भएको घोषणा गरेका छन् । एक काउन्सिल सदस्यले उक्त निर्णय भएको पुष्टी गरेका छन् । 

काउन्सिलबाट यो व्यवस्था पास भएसंगै अव चुनावी माहोलमा दौडीरहेका अधिकांस सिएहरु अयोग्य हुने भएका छन् । चुनावी तयारी गरिरहेका सुरेन्द्र श्रेष्ठ, हेम काफ्ले, सन्तोष लम्साल, राम चन्द्र खनाल, निल सारु, क्षेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन श्रेष्ठलगायत अधिकांस अव आइक्यान काउन्सिलको सदस्य बन्ने दौडबाट पछी हट्नुपर्ने अवस्था भएको छ ।
       
अव काउन्सिलले गरेको यो निर्णय अर्थमन्त्रालय जानेछ र अर्थमन्त्रालयले सहमति जनाएपछि व्यवस्थाका रुपमा सो नियम आउनेछ । यद्यपी मन्त्रालयले सहमति दिएन भने यो व्यवस्था लागु हुने छैन ।  

सुरुमा पार्षद् बन्नका लागि आइक्यानको सदस्य भएको ३ बर्ष पुगेको हुनुपर्ने व्यवस्था थियो । पछि यो व्यवस्था ५ वर्षको भयो । धेरै नयाँ सिएहरुले अवसर पाउने भएपछी यो अवधिलाई १० बर्ष बनाइयो । यसपाली पनि युवाहरुको हातमा आइक्यान पुग्ने भएपछी आइक्यानको नेतृत्वले बढा चलाखी गर्दै यो व्यवस्थालाई १५ बर्ष पुर्याउनुपर्ने एजेन्डा विविधमा घुसाएर पास गरेका छन् । अव पुन: अर्कोपटक यो व्यवस्था, २०,२५, ३० हुँदै नयाँलाई आइक्यानमा आउनै नदिने सम्भावना सार्है बलियो हुँदै गएको छ।