१५ बर्षपछी मात्रै काउन्सिल सदस्य हुन पाइनेगरी भएको निर्णयले सबैलाई फाइदा छ : आइक्यान अध्यक्ष शर्मा

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइक्यान काउन्सिलमा पार्षद् बन्न आइक्यानको सदस्य भएको १५ बर्ष पुगेको हुनुपर्ने व्यवस्थाको एजेन्डा पास भएसँगै यसको चौतर्फी विरोध भइरहेका बेला आइक्यानका अध्यक्ष मदन शर्माले भने यो निर्णयले सबैलाई फाइदा नै फाइदा भएको बताएका छन् । सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले आइक्यानको आवश्यकता अनुसार नै यो निर्णय गरिएको दाबी गरेका हुन् ।

'यो निर्णयले कसैलाई पनि घाटा छैन । छिटो नेता बन्न खोजेर हुँदैन नि !' अध्यक्ष शर्माले भने, 'पास भएपछि १५ बर्ष काम गरेर परिपक्क्व भएर मात्र आइक्यानमा आउँदा सबैलाई नै राम्रो हुन्छ । त्यसैले आइक्यानको यो निर्णय सबैका लागि फाइदाजनक छ । उनले भने ।

'तर युवाहरुलाई बाइकट गर्नु कसरी ठिक भयो र ?' हाम्रो प्रश्नमा शर्माले भने, 'आइक्यानमा आउने सरकारी प्रतिनिधि प्राय सबै उपसचिव सरहका व्यक्तिहरु आउनुहुन्छ । आरए सदस्यहरु पनि निकै सिनियर साथीहरु आउनुहुन्छ । अनि हामी सिएहरुचाहिं काँचो हुँदै आइक्यानको पार्षद् बनेर के हुन्छ ? के यसले आइक्यानबाट हुने निर्णयमा परिपक्वता ल्याउँछ त ? सबै कुरा बुझ्ने हो भने यो निर्णय समग्र आइक्यानलाई नै फाइदाजनक छ । हाम्रो पेशालाई चाहिएको निर्णय थियो यो ।

'तर १५ बर्ष फेरी पनि २० बर्ष नहोला भन्न सकिन्छ र ?' हाम्रो प्रश्नमा शर्माले भने, 'त्यसरी बढाउँदै जाने भन्ने होइन । तर १५ बर्षको नियम निकै बैज्ञानिक छ ।'

'तर धेरैले यसको विरोध गरिरहनुभएको छ नि ?' हाम्रो प्रश्नमा उनले अगाडी भने, 'कसैलाई छिटो नेता हुने चाहाना होला । कसैलाई के स्वार्थ होला । त्यो उहाँहरुको कुरा हो । तर यतिको बैज्ञानिक नियममा विरोध गरिरहनुको कुनै औचित्य छैन ।'
https://www.casarokar.com/2021/01/Breaking-4.html
https://www.casarokar.com/2021/01/ACAN-9.html