पद्मा ग्रुप अफ कम्पनीजले माग्यो चार्टड एकाउन्टेन्ट !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ ।  खानेपानी , रियल स्टेट, हस्पिटालिटी, मिडिया लगायतका क्षेत्रमा लगानी रहेको पद्मा ग्रुप अफ कम्पनीजले चार्टड एकाउन्टेन्टको माग गरेको छ । 

आज एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सिएको माग गरेको हो।  कम्पनीले मिडियाका लागि १ जना, रियल स्टेटका लागि १ जना र हस्पिटालिटीका लागि १ जना सिएकोको माग गरेको हो। कम्पनीले कम्तीमा दुई बर्षको अनुभव भएका आवेदक आवेदन मागेको छ ।

यस्तै कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि सिए मागेको छ ।