चार्टड एकाउन्टेन्ट प्रेम रेग्मी नेपाल लाइफ इन्स्योरेन्सको लेखा तथा बित्त प्रमुखमा नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टड एकाउन्टेन्ट तथा सीएफओ प्रेम रेग्मी नेपाल लाइफ इन्स्योरेन्सको लेखा तथा बित्त प्रमुखमा नियुक्त भएका छन् । सिए प्रेम रेग्मी लेखा तथा बित्त प्रमुखको जिम्मेवारीमा रहेर चैतदेखि नै जिम्मेवारी सम्हाल्ने गरि नियुक्त भएका हुन् ।

महालक्ष्मी विकास बैंक छाडेर उच्च तहको व्यवस्थापनमा रहनेगरि सिए रेग्मी नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध भएका हुन् । नेपाली बोर्ड अर्थात नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सीए गरेका रेग्मीले महालक्ष्मी विकास बैंकमा करिब ३८ महिना काम गरेर नेपाल लाइफ पुगेका हुन् ।