टियुका डीन 'बिच्किए'पछी समकक्षता विवादबारे शिक्षामन्त्रीलाई एक्यानको ध्यानाकर्षणपत्र, धेरैले नबुझेको भित्री तथ्य यस्तो छ...

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिएलाई दिंइदै आएको समकक्षता एकाएक स्थगित भएपछी अहिले धेरै सिएहरु समस्यामा परेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संघको प्रतिनिधिमण्डलले शिक्षामन्त्रीलाई भेट्दै यस विषयमा सिएहरुलाई अन्याय भएको भन्दै यो समस्यालाई हल गर्न आग्रह गरेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रीले पनि आइक्यान, र टियुलाई समेत बोलाएर छलफल गरी यस समस्यामा हल खोज्ने आश्वासन दिएका छन् ।

‘विश्वभर चार्टर्ड एकाउन्टेन्टलाई कर, लेखा, लेखापरीक्षण तथा वित्त क्षेत्रका विषयविज्ञको रुपमा लिइन्छ र यसको पाठ्यक्रम सोही अनुसार डिजाइन गरिएको हुन्छ । विज्ञको रुपमा विश्वभर सम्मानित यो पेसालाई राज्यले उचित व्यवहार नगर्दा सिएहरु पेसागत सम्मान र सामाजिक प्रतिष्ठाका खोजी तथा उच्च शिक्षा हासिल गर्न बिदेसिने खतरा छ,’ संघको प्रतिनिधिमण्डलले भेटका अवसरमा शिक्षामन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा शैक्षिक तथा प्राज्ञिक संस्थाहरु तथा तिनका प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षतासँग सम्बन्धित मापदण्ड अनुसार छलफल गरी यथाशीघ्र निर्णय गर्ने आश्वासन दिए पनि यस शैक्षिक सत्रमा उच्च शिक्षामा सिएहरुले भर्ना हुन नपाएको संघको गुनासो छ ।

धेरैले नबुझेको तथ्य, किन एकाएक रोकियो समकक्षता ?
धेरैले नबुझेको तथ्य के छ भने टियुले समकक्षता एकाएक रोक्नुमा टियुका डीनको 'इगो प्रब्लम'ले काम गरेको छ । घटना केहि समय अघिको हो । त्यो बेला एसीसीएको हकमा समकक्षताको विषय पेचिलो बनेको थियो । बेलायतबाट पढेकालाई दिने र नेपालमै एसीसीए पढेकालाई समकक्षता नदिने गरी छलफल अघि बढेका बेला आइक्यानले राखेको एक बैठकमा टियुका प्रतिनिधिलाई होच्याउने गरी एक सहभागीले 'हामी सिए भनेको यस्तो हौँ उस्तो हौँ, टियु भनेको केहि होइन' भन्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यहि अभिव्यक्ति सुनेका टियुका प्रतिनिधिले भोलिपल्टै आइक्यान अन्तर्गत सिए उतिर्ण गरेकाहरुलाई पनि समकक्षता नदिने उर्दी जारी गरेको टियु स्रोतको दाबी छ । आइक्यानलाई नदिएर आइसीएआइमा उतिर्ण सिएहरुलाई समकक्षता दिने कुरा आउँदैन भन्दै त्यो काम पनि रोकिएको थियो ।

'टियु स्वायत्त निकाय हो । मन्त्रीले भनेर मात्र हुँदैन । जो जो मान्छे अहिले, समकक्षताको बहस गरिरहेका छन्, ती मध्येकै एक सिएले दिएको दुर्व्यवहारपूर्ण अभिव्यक्तिका कारण समकक्षता रोकिएको थियो । हामीले शिक्षामन्त्रीलाई आवश्यक परेको खण्डमा यो सबै भन्छौं ।' टियुका एक अधिकारीले भने, 'शिक्षामन्त्रीले भनेर हुँदैन । यस विषयमा हामिले छुट्टै कमिटि बनाएर निर्णय गर्छौं । त्यो पनि आवश्यक भयो भने मात्र ।'