नेपाल बैंकले माग्यो १५ जना चार्टड एकाउन्टेन्ट, यस्तो छ आवश्यक अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकले १५ जना चार्टड एकाउन्टेन्ट माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले बैशाख २१ देखि जेठ १० गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

अनलाइनबाट फारम भरी सोको साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ । सम्बद्ध विषयमा स्नाकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्ने भएका छन् । आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ ।