१६ उम्मेदवारको चुनावी 'प्रिपेरेसन स्ट्याटस' : निश्चित जीत १ को मात्र, भोट खोसाखोस सुरु !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १७ सिएले उम्मेद्वारी दिएकोमा हरि कुमार सिलवालले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अव आइक्यानको चुनावका लागि १६ जना भिड्दैछन् । आइक्यानका हालका उपाध्यक्ष युद्ध राज ओलीसहित १७ जनाले आशन्न चुनावका लागि उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, सन्तोष काफ्ले र हरिकुमार सिलवाल रहेका छन् । यी मध्ये केहिको निश्चित जीतको आंकलन गरिसकिएको छ भने केहिको निश्चित हारको समेत आंकलन गरिसकिएको छ । बाँकीले कस्तो मेहेनत गर्छन् भन्ने कुराले चुनावी नतिजा देखाउनेछ ।

'प्रिपेरेसन स्ट्याटस' कसको कस्तो ?
१६ जना उम्मेदवारमध्ये युद्ध राज ओली यसपटकको चुनावमा निश्चित जीत निकाल्ने उम्मेदवार हुन् । उनले चुनावको निकै राम्रो तयारी गरेका छन् । आइक्यानको उपाध्यक्ष भएका कारण पनि उनलाई सिनियरहरुको २०-२५ चोखो भोट आउँछ । बाहिर पनि उनले राम्रो तयारी गरेका छन् । उनी बाहेक चुनाव जित्ने निश्चितप्राय: भएका उम्मेदवार खास देखिएका छैनन् ।

युद्ध राज ओली जित नजिक पुगेका उम्मेदवार हुन्  । उनलाई अहिलेको उपाध्यक्ष हुनुको फाइदा राम्रो छ । उम्मेद्वारी दिएका पियुष आनन्दको तयारी राम्रो भएपनि उनका क्याम्पेनरका रुपमा चिनिएका केहिले नै गुट बदलिसकेका छन् । अर्कोतर्फ उनलाई सार्है सहयोग गर्छन् भन्ने अपेक्षा गरिएका बरिष्ट सिए नै अर्का उमेद्वारको प्रस्तावकमा बस्नुले उनको चुनावी दौड त्यति सहज नहुने बुझ्न गाह्रो छैन । 

सुरेन्द्र श्रेष्ठले अघिल्लो चुनावमा धोका दिएका कारण यसपटक उनलाई नभई आइक्यानका छेत्र गोपाल प्रधानलाई भोट हाल्नुपर्छ भन्ने क्याम्पेन सुरु भईसकेको छ । यसले सुरेन्द्रका केहि कोर भोट काटिने निश्चित छ । यद्यपी उनी राम्रो भोट बैंकका साथ तयारी गरेर बसेका छन् ।

बिनय प्रकाश श्रेष्ठको भोट बैंक त्यति राम्रो देखिएको छैन । उनका भएका भोटपनि अन्त तितरबितर भएको देखिन्छ । यद्यपी उनले जुन खालको मेहेनत गरिरहेका छन्, त्यहि मेहेनत अन्तिमसम्म भयो भने उनले राम्रो भोट ल्याउनेछन् । अहिले उनी पछिल्लो पटक पास भएका सिएहरुसम्म पुगिरहेका छन् । जहाँ अरु सिए अझै पुग्न सकिरहेका छैनन् ।

छेत्र गोपाल प्रधानले आइक्यानका केहि सार्है 'इन्फ्लुएनसीङ' सिएहरुलाई आफ्नो बनाउन नसक्दा उनको जित यसै भन्न सकिने अवस्था अव छैन । उनका केहि क्याम्पेनरहरुलाई सन्तोष लम्सालले आफ्नो क्याम्पेनर बनाइसकेका छन् । 

सुजन श्रेष्ठको चुनावी तयारी औसत छ । यद्यपी उनले भोटर र भोट प्रभावित पार्न सक्नेलाई खासै रेस्पोन्स नगरेको बजारमा चर्चा सुरु भईसकेको छ । यस्तो व्यवहार कहिलेकाहीं सार्है घातक हुन सक्छ । 

भाष्करसिह लाला जिते भने ३ वर्षमा एक पटक अध्यक्ष हुने उम्मेदवार हुन् । तर यसपाली पनि उनको चुनावी तयारी त्यति गतिलो भने देखिएको छैन । अमन उप्रेतीका लागि उनका साथीहरु राम्रो संग लागेका छन्। तर उनी आफु स्वयमको तयारीचाहिं खासै गतिलो देखिएको छैन । प्रविण कुमार झालाई रंजित यादवसहितको समूहले राम्रो साथ दिएको छ । त्यसैले पनि उनको चुनावी तयारी राम्रो छ ।

सन्तोष काफ्ले अर्को चुनौती बोकेका उम्मेदवार हुन् । उनका लागि बजारको ठुलो तप्का भोट माग्दै हिडिसकेको छ । तर उनी भने अझै आफ्नो कोर बिजनेशमा व्यस्त छन् । चुनावमा यस्तो पारा पनि हानिकारण हुन्छ । यद्यपी उनी पनि लगभग जित नजिक पुगिसकेका उम्मेदवार भने पक्कै हुन् ।

हार निश्चित भएपछी हरि सिलवालले चुनावी दौडबाट आफुलाई पछी हटाएका छन् । उनको लगभग ८-१० भोट एक नम्बरका भोट थिए । यो भोटलाई युद्धराज ओली र सुजन काफ्लेले मिलेर लिनेछन् ।

सुजन काफ्लेको यसपटकको तयारी सार्है राम्रो छ । अहिल्लो चुनावमा आँखा चिम्लेर प्रकाश लम्साललाई विश्वास गर्दा उनले चुनाव हारेका थिए । जितेको खण्डमा उनी पनि यो ३ बर्षमा अध्यक्ष हुने क्यान्डीडेट भएकाले पनि उनलाई भोट दिने केहिको संख्या बढेको देखिन्छ ।

चुनाव जित्ने अर्को निश्चित भएका उम्मेदवार हुन् राम चन्द्र खनाल । प्राक्टिस बाहिरबाट चुनावमा उठेर धेरैको मन जितिसकेका रामचन्द्र खनाल मतसमेत जित्नेगरी तयारी गरिरहेका छन् ।

सन्तोष लम्सालले केहि अरुका इन्फ्लुएनसरलाई आफ्नो बनाइसकेका छन् । यसै पनि उनी प्रकाश लम्सालका क्यान्डीडेट हुन् । त्यसैले उनलाई कसलाई कसरी आफ्नो बनाउनुपर्छ भन्ने थाहा छ । र यो काममा उनी केहि सफल पनि भईसकेका छन् ।यद्यपी बजारमा भर नभएको सिएका रुपमा चर्चा हुने गरेको कारण लम्सालका भोट बिग्रिने सम्भावना पनि उतिकै छ ।

कुनाल कयाल अहिले एक्यानको अध्यक्ष रहेका आनन्द शर्मा वाग्ले निकट उम्मेदवार हुन् । पहिल्लो समय सिए क्षेत्रको ठुलो तप्का आनन्द शर्माको विरुद्ध छ । कयाल आफ्ना एजेन्डा बोकेर भन्दा पनि त्यहि समूहको कसैलाई अनुशासनको कारवाही बाट जोगाउन चुनाव लड्दैछन् भन्ने चर्चा उनका लागि घातक पक्कै बनिसकेको छ । पछिल्लो समय जसले जितेपनि हुन्छ तर आनन्द शर्माको क्यान्डीडेट  अर्थात कुनाल कायलले हार्नुपर्छ भन्दै क्याम्पेन सुरु भईसकेको छ । यद्यपी उनी राम्रो भोट बैंक भएका सिए पक्कै हुन् । अर्को खास कुरा के छ भने अहिले बीमा समितिले उनी अध्यक्ष भएको जनरल इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ र कम्पनीभित्रको ठुलो अनियमिततासमेत बाहिरिएको छ । यो प्रकरणलाई लिएर उनले हार्छन भन्दै उनका केहि भोटरहरुले गुट फेरिसकेका छन् ।

सतिश चन्द्र लाल लगभग चुनाव हार्ने निश्चित भएका उम्मेदवार हुन् । एक त उनी महेश खनालको प्रस्तावमा चुनाव उठेका छन् । चुनावअघि नै महेश खनाललाई अनुशासनको कारवाही गर्ने तयारी आइक्यानको छ । यसकारण पनि उनको भोट तितरबितर हुने पक्का छ । अर्कोतर्फ उनको भोट काट्ने उनकै भूपू पार्टनर जयनारायण प्रतिहस्त चुनावमा उठेक छन् । त्यसैले उनलाई जित्न फलामको च्युरा चपाए भन्दा कम छैन । यसो त जयनारायण प्रतिहस्त पनि हार्ने उम्मेदवारको लिष्टमा पर्छन् । उनको खासै गतिलो भोट बैंक छैन । भएकाले पनि उही सतिश चन्द्र लालको भोट काट्ने मात्रै हुन् ।