अघिल्लो चुनावमा जस्तै 'लायर क्यालकुलेसन' नभए ३ जना आइक्यानका प्रोडक्टले जित्ने सम्भावना अधिक !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १७ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्ध राज ओलीसहित १७ जनाले आशन्न चुनावका लागि उम्मेद्वारी दिएका हुन् । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, सन्तोष काफ्ले र हरिकुमार सिलवाल रहेका छन् । चुनावमा उठेका मध्ये ३ जना नेपाल बोर्डका प्रोडक्ट जितको दाबेदार छन्  ।

छेत्र गोपाल प्रधान अघिल्लो चुनावमा हारेका व्यक्ति हुन्। आइक्यानका दुवै उम्मेदवारलाई जिताउने अभियानमा लागेका सिएहरुको समूहलाई अन्तिम समयमा सुरेन्द्र श्रेष्ठले आफ्नो भोट नपुगेको र आफु सेफ साइडमा रहेको आत्मविश्वास नरहेको बताएपछि सो समूहले बाँकी भोट आधा-आधा दुबैलाई उम्मेदवारलाई बाँडेको थियो । नतिजा आउँदा त सुरेन्द्र श्रेष्ठ धेरै मतले माथि रहेको देखियो भने छेत्र गोपाल प्रधान केहि भोटले मात्र हारे । चुनावपछी सुरेन्द्र श्रेष्ठले 'लायर क्यालकुलेसन' दिएको भन्दै थुप्रै सिएहरु उनीप्रति रुष्ट भए । अहिले श्रेष्ठसँग रुष्ट भएका केहि सिनियर सिएहरु, सुरेन्द्र हारे हारोस् , छेत्रलाई जिताउनुपर्छ भन्दै हिंडेका छन् ।

यी दुवै जना सिएले तयारी भने सार्है राम्रो गरेका छन् । छेत्र गोपाल प्रधानले चुनाव हारेको केहि समयपछी नै अहिलेको चुनावको तयारी गरेका थिए भने सुरेन्द्र श्रेष्ठले पनि सोहि अनुसारको तयारी गरिरहेका थिए ।

आइक्यानको प्रोडक्ट रहेपनि 'आइक्यानकै भएर कसैले भोट नदिए पनि आफु जित्छु' भन्ने दाबी गर्दै हिंडेका सन्तोष लम्सालको यहि पाराले धेरैजना नेपाल बोर्डका प्रोडक्ट रुष्ट भएका थिए । तर पछिल्लो समय उनले सबैलाई यसरी कन्भिन्स गरेका छन् कि मानौं सच्चा आइक्यानको अच्छा उम्मेदवार नै उनी हुन् । 'आइक्यान' भनेपछि तलमाथि नहेर्ने केहि खास सिएहरुलाई आफ्नो बनाइसकेका लम्सालले यसै कारण पनि जित्ने सम्भावना अधिक छ । अर्कोतर्फ प्रकाश लम्सालको दह्रो साथ र राम्रो भोट बैंकका कारण पनि लम्सालको जित्ने सम्भावना ठुलो छ ।

तर चुनाव न हो, आफ्नैहरु भिड्छन् । यहाँ कसैलाई आइक्यानको मान्छे जिताउनुपर्छ भन्दा पनि म जित्नुपर्छ भन्ने मनोविज्ञानले ठुलो काम गरेको हुन्छ । र त सिएहरु भन्छन् ,  'अघिल्लो चुनावको जस्तो लायर क्यालकुलेसन नहुने हो भने तीनै सिएले जित्छन् ।'

आइक्यानको प्रोडक्ट भएर चुनाव उठेका अर्का उम्मेदवार हुन् जय नारायण प्रतिहस्त । जसलाई उनकै नजिकका मान्छे अझ पहिला संगै काम गरेका मान्छे हराउन लागि परेका छन् । चुनावमा हार्ने भनेकै आफ्ना मान्छेहरुलाई मिलाउन नसक्दा हो । यसै पनि उनको भोट बैंक एकदम कमजोर छ । त्यसैले पनि उनको सम्भावना कमजोर रहेको विश्लेषण गरिएको छ । अर्को तर्फ उनका भूपू पार्टनर सतिश चन्द्र लाल पनि चुनावमा उठेका छन् । यो पनि उनका लागि चुनौतीको विषय पक्कै हो ।