चार्टर्ड एकाउन्टेन्ट जीवन पौडेल प्रबल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट जीवन पौडेल प्रबल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिले विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७/१२/२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच सम्माननीय राष्ट्रपतिले पौडेललाई उक्त विभूषण प्रदान गरेकी हुन् । यस्तै चार्टर्ड एकाउन्टेन्ट रोशन न्यौपाने पनि विभूषित भएका छन् ।