एनआइसी एशिया बैंकका सीइओ चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने बने 'कर्पोरेट सीइओ अफ दी एअर'

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने बने 'कर्पोरेट सीइओ अफ दी एअर' अवार्ड भएका छन् । हाल एनआइसी एशिया बैंक लिमिटेडमा सीइओका रुपमा कार्यरत सिए न्यौपानेले केहि समय अगाडी राष्ट्रपतिबाटसमेत सम्मानित भएका थिए ।

कर्पोरेट खबर नामक मिडिया हाउसले उनलाई यस्तो अवार्ड दिएको हो ।

सिए न्यौपाने आइक्यानबाट चार्टड एकाउन्टेन्सी उतिर्ण गरेका सिए हुन् । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा सानो उमेरमा सबैभन्दा बढी प्रगति गरेका सिएका परिचित न्यौपाने धेरै सिएका लागिसमेत आइकन व्यक्ति हुन् ।