सचेत रहनुहोस् है ! कोरोनाविरुद्धको चिनियाँ खोप लगाएका अडिटरसापलाई पनि लाग्यो कोरोना !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । चिनियाँ खोप लगाएकाहरु पनि संक्रमित भएपछी चिनियाँ खोपप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको छ । चिनियाँ खोप 'सिनोभ्याक' लगाएका काठमाडौँका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछी खोपमाथिको विश्वसनीयतामाथि प्रश्न उठेको हो । खोप लगाएको १ हप्तापछी केहि लक्षण देखिएकाले उनले कोरोनाको परिक्षण गराएका थिए । परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको छ ।

'चिनियाँ खोप खासै गतिलो छैन भन्ने सुनेको थिएँ । आज आफैं महसुस गर्दैछु । अडिटर भएकाले हाम्रो पालोमा यहि खोप परेछ ।' संक्रमितले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सिए सरोकार डटकमसँग भने, 'फेरी देशवाला राजनीति होला । मेरो नाम उल्लेख नगर्नुहोला । तर चिनियाँ खोप भनेको चिनियाँ सामान जस्तै रहेछ । डुब्लिकेट ।' उनले आफुलाई संक्रमण भएपछी उक्त खोप लगाउने सबैजसोले पुन कोरोनाको परिक्षण गराएको र रिपोर्ट आउन बाँकी रहेकोसमेत बताएका छन् ।

यता विज्ञहरुले पनि कोरोनाको खोपले १०० % काम नगर्ने बताउंदै आएका छन् । चीनबाट आयातित सिनो भयाक नामक खोप अहिले देशका विभिन्न स्थानहरुमा लगाइदै आएको छ ।