फेक सूचना फैलिएपछि आइक्यानको स्पष्टिकरण-'तत्काल परीक्षा संचालन गर्ने तयारी छैन'

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सामाजिक संजालमा फेक सूचना फैलिएको भन्दै स्पष्टिकरण दिएको छ । फेक सूचना फैलिसकेपछि आइक्यानले तत्काल परीक्षा संचालन गर्ने तयारी नभएको जानकारी दिएको हो । सामाजिक संजालमा चार्टर्ड एकाउन्टेन्सी परीक्षा हुने भन्दै फेक सूचना सार्वजनिक भएको थियो । सो फेक सूचना कसले पहिला फैलायो भन्ने तथ्य भने एकिन हुन सकेको छैन ।

यस्तो छ आइक्यानको स्पष्टिकरण ।
यस्तो थियो फैलिएको फेक सूचना ।