चार्टर्ड एकाउन्टेन्ट कपिल ढकाल एनआइसी एशिया क्यापिटलको अध्यक्षमा नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट कपिल ढकाल एनआइसी एशिया क्यापिटलको संचालक अध्यक्षमा नियुक्त भएका छन् । क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले सिए ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो । डेलोइट इन्डिया, आइसीआइसीआइ बैंक र हाम्रो विकास बैंकमा काम गरेको अनुभव भएका ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

बैंकको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव हासिल गरेका ढकाल हाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पनि अध्यक्ष छन् । उनको नेतृत्वमा क्यापिटलले अझ बढी कारोबारमा सफलता हासिल गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी बताएका छन् ।