आइक्यानको चुनाव : पोष्टल भोटमा व्यापक अनियमितता, निर्वाचन अधिकृतकै मिलेमतोमा मनपरी, छानविन गर्दै आइक्यान !

काठमाडौँ । पोष्टल भोटलाई लिएर आइक्यानमा चरम अनियमितता भएको पाइएको छ । पोष्टल नै हाइज्याक गरेर अर्कै उम्मेदवारलाई भोट हाल्ने, गलत ठेगाना टिपाएर सिएहरुले भोट कब्जा गर्नेदेखि कसैलाई जो गए पनि पोष्टल भोट रिसिभ गर्न दिने र कोहिलाई नदिने गरेर पोष्टलमा व्यापक अनियमितता देखिएको छ । यस अघि निर्वाचन अधिकृत बनेकाको समेत मिलेमतोमा आफ्ना निकटको डकुमेन्ट जो गए पनि रिसिभ गर्न दिने र अरुलाई नदिने गरेको पाइएपछी ती निर्वाचन अधिकृतले राजिनामा दिएर अहिले नयाँ निर्वाचन अधिकृतसमेत नियुक्त भईसकेका छन् । यसरी अनियमितता भएको प्रष्ट भएपछी आइक्यानले यस विषयमा छानविन त गरेको छ तर ती भोट गन्ने या नगन्ने भन्ने कुरामा भने आइक्यान अझै प्रष्ट भईसकेको छैन । त्यसैले यो पटक चुनावमा मत गन्ने कुरामा हात हालाहालको तयारीसमेत केहि सिएले गरेका छन् ।

निर्वाचन अधिकृतकै मिलेमतोमा मनपरी !
एक त विदेशमा बस्ने सिएहरुले गलत पोष्टल ठेगाना टिपाएर आइक्यानलाई झुक्याउने दुष्प्रयास गरेका छन् । हुन त आइक्यानमा यो पूरानो रोग हो । तर निर्वाचन अधिकृतले कतिपय सिएको पोष्टल भोट जसलाई पनि रिसिभ गर्न दिने र केहीलाई रोक्ने गरेपछि केहि उम्मेदवारका पोष्टल भोट रोकिएका थिए । यस विषयमा आइक्यानमा स्पष्ट उजुरी परेपछि आइक्यानले ती विदेशमा बस्ने र नेपालमा ठेगाना राख्नेहरुलाई स्पष्टीकरण सोधेको थियो।  ती मध्ये आफु नेपालमै रहेको जानकारी  दिएका केहि सिएहरुको मत गन्नुपरने र अन्यको मत बदर गर्नुपर्ने माग थुप्रै सिएले आइक्यान समक्ष राखेका छन् । निर्वाचन अधिकृतकै मनपरी छताछुल्ल भएपछी उनले राजिनामा दिएर अहिले नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यो प्रकरणमा पीडीत पीके झा बनेको बुझिएको छ।  अघिल्लो निर्वाचन अधिकृतले पीके झाका मत हरु रोक्ने प्रयास गरेको स्पष्ट भएको छ ।   विदेशमा बसेर नेपालमा ठेगाना राख्ने र आइक्यानलाई झुट बोल्नेको एक त मत गन्न नहुने अर्कोतर्फ उनीहरुलाई आइक्यानलाई झुक्याएको अभियोगमा प्रोफेसनल इथिक्स विपरित काम गरेको भन्दै कारवाही हुनुपर्ने माग उठेको छ।  म 

यी हुन् तीनै सिए जो विदेशमा बसेर नेपालको ठेगाना राखिएको भन्दै तिनलाई कारवाही गर्न र तिनका मत नगन्नका लागि उजुरी परेका केहि सिएहरु।  जसमध्ये कतिले आफु नेपालमै रहेको दाबीसहित आइक्यानलाई मेल गरेका छन्। 
माथिको लिष्ट हेर्ने हो भने शंकर खरेल, प्रकृति तुलाधार र सुरक्षित शर्मा क्यानाडामा बस्छन्।  सन्तोष ढकाल हाल अष्ट्रेलियामा छन्।  सबैले बनेपाको ठेगाना दिएर आइक्यानलाई झुक्याएका छन् । उनीहरुले दिएको स्वरोजगार लघुवित्त वित्तीय संस्थाका अडिटर उत्सव डाँगी छन् । उनीहरुको छेउ टुप्पो नै साइनो नभएको ठेगाना किन र के प्रयोजनका लागि दिइयो भन्ने छानविन गर्न सिएहरुले माग गरेका छन् ।  

यसतै जयन्ती श्रेष्ठ अष्ट्रेलियामा बस्छिन । सुमन बोहोरा र जेम्स सापकोटा पनि अष्ट्रेलियामै छन्।  अनिल ओडारी क्यानाडामा बस्छन।  किरण सुबेदी र परमानन्द पनि क्यानाडामा छन्।  राजेश आचार्य र गोकर्ण थपलिया पनि अष्ट्रेलियामा छन्।  उनीहरुको भोट रद्ध गर्नुपर्ने माग एकातर्फ उठेको छ भने अर्कोतर्फ आइक्यानलाई गलत सूचना दिनेहरुलाई आइक्यानले कारवाही गर्नुपर्ने मागसमेत उठेको छ।  

पोष्टल भोट बिचैमा हाइज्याक !
विदेशमा बस्नेहरुको लफडा मात्र कहाँ हो र ? पोष्टल भोट हाइज्याकसमेत भएको पाइएको छ । नारायण चौलागाईं नाम गरेका सिएको भोट उनलाई थाहा नै नभई अरु कसैले भोट हाइज्याक गरी मनपरी उम्मेदवारका नाममा भोट हालेको पाइएको छ  । यो थाहा पाएर चौलागाईंले आइक्यानमा उजुरीसमेत गर्न गएका थिए।  तर आइक्यानले उनलाई यसमा अव केहि गर्न नसकिने भन्दै फिर्ता पठाएको छ । उनी आफु आइक्यानको सदस्य भएर पनि भोट हाल्न नपाएको र गलत उम्मेदवारलाई आफ्नो भोट जान पुगेको भन्दै तनावमा छन्।  उनी कानुनी रुपमा गए भने आइक्यानका अधिकारीसहित उनको भोट हाइज्याक गर्ने व्यक्ति फस्ने निश्चित छ ।

उनको पोष्टल भोट पवित्रा उप्रेती नाम गरेकी महिलाले हाइज्याक गरेकी छिन्। उनी एक आरएकि स्टाफ भएको बुझिएको छ ।  उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन्।  यसरी थुप्रैको मत हाइज्याक भएको छ र यो प्रकरणमा आइक्यानकै जिम्मेवार अधिकारीहरु पनि लागेको देखिएको छ । 

तर आइक्यान भने यसलाई पहिला पनि यस्तै हुन्थ्यो भनेर पन्छिने प्रयास गरिरहेको छ ।