आइक्यानको चुनाव : आइक्यानबाटै सिए उतिर्ण गरेका छेत्र गोपाल प्रधान र सुरेन्द्र श्रेष्ठ दुबैले जिते !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा चार्टर्ड एकाउन्टेन्ट छेत्र गोपाल प्रधान र सुरेन्द्र श्रेष्ठ बिजयी बनेका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा उनीहरु बिजयी भएका हुन् । गत चुनावमा पनि उनीहरु दुवैजना उठेका थिए । तर सार्है राम्रो मत ल्याएर सुरेन्द्र श्रेष्ठले जितेका थिए भने छेत्रले चुनाव हारेका थिए । तर चुनाव हारेपनि निकै सक्रिय बनेका प्रधानले अन्तत: यसपाली चुनाव जितेका छन् ।

यसपटक प्रधानले सहजै जित हाँसील गरेका छन् भने उनको तुलनामा श्रेष्ठलाई भने चुनाव जित्न गाह्रो नै भएको थियो । भलै दुवैले जीत निकालेका छन् ।

आइक्यानबाटै उतिर्ण गरेका ४ सिएहरु मैदानमा थिए । जसमध्ये सन्तोष लम्सालले पनि जीत हाँसील गर्छन् भन्ने थियो । तर उनको फितलो तयारी, उनलाई जिताउन भनेर लागेका प्रकाश लम्सालले खासै मेहेनत नगरेका कारण उनले अन्तत: चुनाव हारेका छन् ।

छेत्र गोपाल प्रधान र सुरेन्द्र श्रेष्ठ दुवै प्राक्टिसमा छन् ।

बिजयी भएपछी दुवैजनाले एकअर्कासँग खुसीसमेत साटेका छन् ।

कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।