सानो उमेरमै `चार्टर्ड´ सफलता : नेपाल एसबिआई बैंकको सञ्चालकमा सिए अप्सरा उप्रेती निर्वाचित !

काठमाडौँ । नेपाल एसबिआई बैंकको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट अप्सरा उप्रेती निर्वाचित भएकी छिन् । बैंकको २८औँ वार्षिक साधारणसभामार्फत उनि सञ्चालक निर्वाचित भएकी हुन् । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले बैंकको आव २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । 

यस्तै सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश सेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङको आव २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।