सन्तोष लम्सालको सिए फर्म पनि भ्याट नतिर्ने सूचीमा !


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार नयाँ पत्रिकामा प्रकाशित कर कार्यालय, पुतलीसडकको सूचनाले सिए क्षेत्र तरंगित छ । नहोस् पनि किन नाम चलेका सिएहरुले नै सरकारलाई भ्याट तिरेका छैनन् भन्ने तथ्यको उजागर गरेको थियो सो सूचनाले । यसैबीच केहि समय अगाडी आइक्यान नै बदल्छु भनेर चुनावमा होमिएका सन्तोष लम्सालको फर्म पनि भ्याट नतिर्ने सूचीमा परेको छ ।

आन्तरिक राजस्व कार्यालय, पुतलीसडकले आइतबार भ्याट नतिर्नेको सूची सार्वजनिक गर्ने क्रममा लम्सालको फर्मले पनि भ्याट नतिरेको पाइएको हो । 

यता सिए लम्सालले सूचना प्रकाशित हुने बित्तिकै आफुले भ्याट तिरेको बताएका छन् । 'पुषको प्रेसरले अलिकति भ्याट बाँकी थियो।  आजै तिरिदिइसकें। ' सिए सरोकारसँग उनले भने ।