'मैले देखेको कालिका नगरपालिकाका मेयरका उम्मेदवार बहुप्रतिभाका धनी सिए केएच बुढाथोकी'

कुरा सन् २०१९ फेब्रुअरी अन्ततिरको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नयाँ सिएहरुलाई दिने ब्यवस्थापन र पेसागत ब्यवहार सम्बन्धी तालिमको पहिलो दिन थियो सबै ३३ जना चार्टर्ड एकाउन्टेन्ट (सिए) र एकाउन्ट टेक्निसिएनहरु (एटि) फर्मल कोडमा थिए तर दाइको पहिलो हलमा छिराइ कतै ट्रकिङ्ग हिडेको मान्छेजस्तो कोट लाउन पर्नेमा डाउनको ज्याकेट, सर्टपेन्टको साटो टिसर्ट जिन्स र पार्टी सुको ठाउँमा क्याटको ड्याम लगाएर ड्याम ड्याम गर्दै हलमा छिरे । मलाई लाग्यो-'यो कुन नमुना हो ?'

भोलिपल्ट उहाँको हुलिया त पुरै टिपटप फरमल टाइसहित देखें, एक्कासी हुलिया कसरी परिवर्तन भएछ भनेर बुझ्दा फर्मल व्यवसायिक ड्रेस कोड नअपनाए ६ महिना सिएको लाइसेन्स ढिला गरिदिने’ चेतावनी आएछ । अनि चकचके मान्छेलाई ८ कक्षामा सुधार्न अनुसासनकाे पुरस्कारबाट सुरु भएको यहाँसम्मको यात्रा अझै ६ महिना सर्ने भएपछी धुलाे लागेको कोट पुछपाछ गरेर फर्मल भएछन् ।

संयाेगवस त्यस २० दिने तालिमको क्रममा उनी हाम्रै ग्रुप मेम्बर भए र केही असाइन्मेन्टहरुमा सहकार्य पनि भयाे । त्यही क्रममा उनी अरुकाे कुरा राम्राे सुन्ने, आफ्नो विचार परिपक्व वनाइ त्यही रटिरहने स्वभावका रहेछन् भन्ने थाहा भयो । त्यस कार्यक्रमकाे दाश्राे दिन नै उनले '१० जना सिए मिलेर नम्वर वान सिए फर्म खाेलाैं' भनेर सबै साथीहरुलाई चिठि थमाए । कसैले हावा कुरा ल्यायाे भने कसैले कुरा राम्राे गर्न सकिन्न भने तर म माैन रहें । २० दिने तलिम अवधिभर उनको कुरै ठुलाे फर्म खाेलाैं भन्ने थियो ।

अन्तिम दिन तालिमकाे प्रमाणपत्र बाँड्ने, पुर्व पार्षदहरु लगायतका उपस्थितिमा कार्यक्रम भव्य थियो । काेहि जागिरमा जाने निश्चय गर्दै थिए त कोहि एकल, काेही दुइ-तिनका बहुल फर्म दर्ता गर्ने कुरा गर्दै थिए । तर दाईको मोडलमा कोहि थिएनन्।

त्यसै क्रममा मैले सोधें- 'दाइकाे के छ ? १० जनाकाे नम्बर वान फर्मकाे ?' उनको ठट्यौली जवाफ थियाे, ' कि १० कि १ हाे भाइ मेराे याेजना। उहीँ सुन्ना अगाडि भाे पछाडि हुनुपर्नेमा ।'

मैले पनि मेरै चिनजानकाे दाइहरु भएकाे फर्ममा जाने निश्चय गरें र काम गर्दै थिएँ । दाइसंग हल्काफुल्का भेट भईरहन्थ्याे । सोध्थे-'के छ तिमी र तिम्राे फर्मकाे हालचाल ?' म भन्थे हाम्राे त ठुलै टिम छ ६-७ जनाकाे काम राम्रै कुदिरहेछ । तर उनी भन्थे' अहाे तिम्राे हुलमा मिसिन पाए छिट्टै १० जना पुग्ने थियाे !!'

तर म खिस्स हांसेर टारीदिन्थ्यें । तर पटक पटक उनको कुरा उही थियो, '१० जना मिलेर फर्म चलाउँ।'

उनी यति काम गर्छन् कि के भन्ने । बिहान ६ बजेदेखी राती १२ बजेसम्म अफिसै बसेर काम गरेकाे देख्छु, चितवन र काठमाडौं पनि दाैडिरहन्छन् ।

अचम्म लाग्छ जाेस र खटाई देख्दा । त्यति नभएर अफिसमै म्याट ओछ्याएर सुत्ने र उठेर काम समाउन पछि पर्दैनन् उनी । २ बर्ष भन्दा बढी नजिकैबाट दाइलाई नियाल्दा केही असहमतिकाे वावजुद मैले निम्न गुणहरु पाएँ जुन एउटा सक्षम नेतृत्वमा आवश्यक छ र दाइसँग सिक्न खाेजिरहेछु:

१. काम भनेसी मरेर लाग्ने
२. घर जान कहिल्यै हतार नहुने
३. बिहानै ३ बजे उठिहाल्ने, खानपान र स्वास्थकाे राम्राे जानकारी राख्ने
४. जस्तोसुकै खराव परिस्थितिमा पनि बाेली ब्यवहार परिवर्तन नगर्ने र धाेकै दिनेलाई नि अझ सहयाेग गर्न खाेज्ने किनकि नबुझेर यस्तो गरेहाेलान् भनेर तिनिहरुसंग सरल ब्यवहार गर्ने
५. ठुलाे पल्टिने र ईगाे देखाउनेलाई हरामी ब्यवहार देखाउन पछि नपर्ने तर सकेसम्म सबैलाई सद्भाव राख्ने
६.रंङ्ग रङ्गको अनेक कचेडा मान्छेहरु (जड्याहा,गंजेडी, फटाहा, गफाडी, निकम्मा) झेल्न सक्ने
७. सधै समस्या समाधानकाे उपाए खाेजिरहने
८. अाफ्नाे याेजनाकाे पछी घुमिफिरी लागिरहने
९. युवाहरुलाई उद्यमकाे उत्साह दिईरहने आदि आदि

मेरा संगतकाे आधारमा उनी संगत गर्न लाएक र समाजलाई चाहिने मान्छे हुन् । अझ अहिलेकाे कालिका नगरकाे मेयरकाे उम्मेदवारीले उहाँ कहिल्यै राजनीतिक कुरा नगर्ने मान्छे राजनीतिमा आउनु यदि समाजसेवाकै हुटहुटिले हाे भने नगरवासीहरुले व्यवस्थापकीय क्षमता भएकाे अभिवावक चुन्ने राम्रो अवसर हाे ।

लेखक:
विस्वेस्वर प्रसाद अधिकारी, चार्टर्ड एकाउन्टेन्ट
बानेश्वर काठमाडौं