लेखा व्यवसायी सम्मेलनमा मेलिना राई सिए विद्यार्थीहरुको बेजोड प्रस्तुती, सहभागी पनि छमछमी नाचे (फोटो कथा)

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनमा सिए विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । आइक्यानमा अध्ययनरत विद्यार्थी संगठन एनकासाको संयोजनमा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । साउण्ड सिष्टमले त्यति गतिलो साथ नदिएपनि विद्यार्थीहरुले निकै राम्रो प्रस्तुती प्रस्तुत गरेका थिए ।

साथै कार्यक्रममा गायीका मेलिना राईले पनि आफ्नो प्रस्तुती दिएकी थिईन् । उनले आफ्नो प्रस्तुती देखाउँदा सहभागी सिए तथा सिए विद्यार्थीहरु पनि बेजोड नाचेका थिए । ११ तस्विरमा हेरौं कार्यक्रममा मेलिना राई र सिए विद्यार्थीले देखाएको प्रस्तुतीका झलक :