एक्यानको कोषाध्यक्षमा बर्षा बराल बिजयी !

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को कोषाध्यक्षमा बर्षा बराल बिजयी भएकी छन् ।

शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी मीरा पोखरेल लगायतलाई पछि पार्दै उनी बिजयी भएकी हुन् ।

बराल अवको दुई वर्षको लागि एक्यानको कोषाध्यक्षका रुपमा रहनेछिन् ।

यता संघको उपाध्यक्षमा सुशील घिमिरे र महासचिवमा प्रदिप सिग्देल बिजयी भएका छन् ।

दीपक पाण्डे यसअघि नै संघको अध्यक्षमा निर्विरोध निर्वाचित भईसकेका थिए ।

यस्तै संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल,  बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । यसअघि नै संघको कार्यकारी समिति सदस्यमा महिलातर्फ अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भईसकेकी थिइन् ।