एक्यानको महासचिवमा प्रदीप सिग्देल बिजयी !


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को महासचिवमा प्रदीप सिग्देल बिजयी भएका छन् ।  
शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी नारायण कंडेल लगायतलाई पछि पार्दै उनी बिजयी भएका हुन् ।

सिग्देल अवको दुई वर्षको लागि एक्यानको महासचिवका रुपमा रहनेछन् ।

उनको ४४८ भोट आउँदा नारायण कँडेलको ४४१ मत आएको छ।  

यता संघको उपाध्यक्षमा सुशील घिमिरे र कोषाध्यक्षमा बर्षा बराल बिजयी भएका छन् ।

दीपक पाण्डे यसअघि नै संघको अध्यक्षमा निर्विरोध निर्वाचित भईसकेका थिए ।

यस्तै संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल,  बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । यसअघि नै संघको कार्यकारी समिति सदस्यमा महिलातर्फ अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भईसकेकी थिइन् ।