यसरी सम्पन्न भयो एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपालको ३८औँ वार्षिकोत्सव (फोटो-फिचर)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । शुक्रवार एक्यानले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो । सम्मेलनमा छुट्टाछुट्टै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफल समेत गरेको छ ।

एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्न भुमिका खेल्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताएका छन् । उनले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर भएको भन्दै यसलाई परिर्वतन गर्ने विषयमा दिगो आर्थिक विकास सम्मेलनले एउटा डिपारचर ल्याउन सक्ने पनि बताए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् । उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए ।

यता,नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार, जनताको हित, आर्थिक समृद्धि, पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताए ।

कार्यवाहक गभर्नर डा.तिम्सिनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताए । डा. तिम्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यन भएको बताए ।

त्यस्तै, कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताएका छन् । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको जिकिर गरे । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए ।

अर्थविद् डा.स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन् । उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । वाग्लेले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) ले समस्या आएको बताएका छन् । उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत बैंकले अवसरको रुपमा लिएको दाबी गरे । अध्यक्ष गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाएका छन् । 

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताएका छन् । गोल्यानले जडिबुटी,जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने उल्लेख गरेका छन् । बाँकी फोटो कथामा हेर्नुहोस् :