चार्टड एकाउन्टेन्ट टिएन आचार्य दूरसंचार प्राधिकरणको सदस्यमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - पूर्व काउन्सिल सदस्य समेत रहेका टेकनाथ आचार्य (टिएन आचार्य) दूरसंचार प्राधिकरणको  सदस्यमा नियुक्त भएका छन् । सूचना तथा संचार मन्त्रालयले गरेको सिफारिसको आधारमा रिक्त दुइ सदस्यको पदमा उनी नियुक्त भएका हुन्।

लेखा तथा लेखापरीक्षण समूहतर्फ टेकनाथ आचार्यलाई नियुक्त गरिएको हो । उक्त पदका लागि जनक कुमार बराल, टेकनाथ आचार्य, बिजयरत्न स्थापित, भिम बहादुर चन्द, राजेन्द्र प्रसाद तिम्सिना, सुनिल जाकीबन्जा र डा. हेमराज भण्डारीले आवेदन दिएका थिए । दूरसंचार प्राधिकरणका सदस्य हुनका लागि सम्बन्धित क्षेत्रमा ७ वर्ष अनुभव तोकिएको थियो ।

(यसअघि दुरसंचार प्राधिकरण हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ .-सम्पादक)