आइक्यानको अध्यक्षमा सुजन कुमार काफ्ले निर्विरोध, उपाध्यक्षमा प्रविन कुमार झा !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा सुजन कुमार काफ्ले निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि आइक्यानको उपाध्यक्ष थिए । अध्यक्ष पदमा उनीबाहेक अरु कसैले उम्मेद्वारी नदिएपछि उनी निर्वाचित भएका हुन् । 

यस्तै आइक्यानको उपाध्यक्षमा प्रविन कुमार झा निर्वाचित भएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

दुवैजना एक–एक बर्षको कार्यकालका लागि निर्वाचित भएका हुन् । केहि दिनपछि एक विशेष कार्यक्रमका साथ निर्वाचितहरुले पद तथा गोपनियताको सपथ लिनेछन् ।