आइक्यानका पूर्व पार्षद आफ्नै घरमा मृत भेटिए

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर एवम् आइक्यानका पूर्व पार्षद डा। कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला परेका हुन् ।

उनी बिहीबार साझ ७ बजे मृत भेटिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिएका थिए । ‘पौडेल सुत्ने कोठाको भुइँमा ओछ्याइएको कार्पेटमा लडिरहेको अवस्थामा भेटिनुभएको हो,’ उनले भने ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको थियो ।