एफवान सफ्ट ग्रुपको चिफ फाइनान्स अफिसरमा सिए अभिष आचार्य, वित्तीय क्षेत्रमा लामो समयको अनुभव

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एफवान सफ्ट ग्रुपको चिफ फाइनान्स अफिसरमा सिए अभिष आचार्य नियुक्त भएका छन् । सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्य गरेका आचार्य एफवान सफ्टका फाइनान्स अफिसरमा नियुक्त भएका हुन् ।

आचार्यसँग वित्तीय क्षेत्रमा लामो समयको अनुभवका साथै लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा १० वर्ष काम गरेको अनुभव छ। यस्तै उनले यसअघि विभिन्न अडिट फर्महरूमा समेत कार्य गरिसकेका छन् ।

उनले वित्तीय टेक्नोलोजीलाई तीव्र गतिमा अगाडि बढाइरहेको एफवान सफ्ट ग्रुप दिनानुदिन ठुलो संस्था बनिरहेको बताएका छन् । साथै उनले यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सहयोग गर्ने पनि बताएका छन् ।

एफवान सफ्टले हाल एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान सफ्टअन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता कम्पनी संचालनमा छन् ।