आज ‘इन्टरनेशनल अकाउन्टिङ डे’, आइक्यानद्वारा वाकाथन सम्पन्न !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । इन्टरनेशनल अकाउन्टिङ डेको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बाजागाजासहित विभिन्न प्ले कार्ड बोकेर काठमाडौंको भृकुटीमण्डपदेखि सहिदगेट हुँदै रत्नपार्कसम्म वाकाथन कार्यक्रम गरिएको हो ।

वाकाथनमा आइक्यानका कर्मचारी, सदस्यहरु, आइक्यानका काउन्सिल सदस्यहरु र विद्यार्थीहरुको उपस्थिति थियो । अकाउन्टिङ सम्बन्धी आम मानिसमा जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आइक्यानले बताएको छ ।

आइक्यानको पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार विहान ७:३० बजेदेखि ८:३० बजेसम्म वाकाथन भएको हो ।

यस्तै, आइक्यानले वाकाथन सम्पन्न भएपश्चात आफ्नै भवन सातदोबाटोमा ११ बजेदेखि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । इम्प्लिमेन्टेशन अन अकाउटिङ एण्ड अडिटिङ स्टाण्डर्ड एण्ड वे फरवार्ड शिर्षकमा अन्तरक्रिया आयोजना गरेको छ ।