‘अकाउन्टिङ डे’ स्पेशलः आईक्यानद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘इन्टरनेशनल अकाउन्टिङ डे’ को अवसरमा आईक्यानले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । आईक्यानले सो कार्यक्रम शुक्रबार सातदोबाटोस्थित आफ्नै भवनमा सम्पन्न गरेको हो ।

आईक्यानद्धारा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा लेखा र लेखा परीक्षण कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । सोही क्रममा अकाउटिङ स्टाण्डर्ड बोर्डका मेम्बर सिए मनिस राज उप्रेतिले विकासको वर्तमान अवस्था, लेखापरीक्षण मापदण्डको घोषणा र कार्यान्वयन सम्बन्धीत विषयमा पेपर प्रिजेन्टेशन दिएका थिए ।

त्यस्तै, काउन्सिल मेम्बर सिए सुरेन्द्र श्रेष्ठले मापदण्डको कार्यान्वयनमा समसामयिक मुद्दा र अगाडि बढ्ने बाटो सम्बन्धी पेपर प्रेजेन्टेसन दिएका थिए ।

यस्तै, कार्यक्रमको ‘प्यानल डिस्कसन’मा अकाउटिङ स्टाण्डर्ड बोर्डका अध्यक्ष सिए प्रकाशजंग थापा, अडिटिङ स्टाण्डर्ड बोर्डका सिए अनुप कुमार श्रेष्ठ, आईक्यानका पूर्वअध्यक्ष सिए युद्धराज ओलि, एक्यानका अध्यक्ष सिए दिपक पाण्डे र अडानका अध्यक्ष आरए केदार नाथ पौडेल सहभागी रहेका थिए । त्यस्तै, कार्यक्रमको अन्त्यमा आईक्यानका कार्यकारी निर्देशक सिए सञ्जय सिन्हाले धन्यवाद ज्ञापन गरेका थिए । बाँकी फोटो कथामा हेर्नुहोस्ः