आईक्यानको छैठौं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न, १५१ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक...(फोटो कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आइक्यान)ले छैठौं चार्टर्ड एकाउन्टे्न्ट्स दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । माघ १७ गते बुधबार आइक्यानले काठमाडौंको सोल्टी होटलमा उक्त समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा आईक्यानले दीक्षित भएका ७० जनालाई प्रमाणपत्र प्रदान गरेको छ । सँगै त्रिभुवन विश्वविद्यालयका उप-कुलपति डा. भोला थापाले दीक्षित भएकाहरुलाई शपथ ग्रहण गराएका थिए ।

उप-कुलपति थापाको प्रमुख आथित्यतामा सम्पन्न गरिएको उक्त दीक्षान्त समारोहमा प्रमुख वक्ता (कि नोट स्पिकर)का रुपमा आईक्यानका पूर्व अध्यक्ष सिए. अतुल गुप्ता रहेको थिए । कार्यक्रममा दीक्षित हुनेहरुबाट पनि सर्वाधिक अंक प्राप्त गर्नेहरुलाई आईक्यानले विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः