चार्टर्ड एकाउन्टेन्सीको नतिजा सार्वजनिक, २४ जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा पर्न सफल

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्सीको नतिजा सार्वजनिक भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

चार्टर्ड एकाउन्टेन्सी परीक्षाका परीक्षार्थीहरुले परीक्षको नतिजा संस्थाको वेभसाइट www.ican.org.np मा हेर्न सक्नेछन् ।

आइक्यानले डिसेम्बर, २०२३ मा लिएको परिक्षाको नतिजा फेब्रुअरी १५, २०२४ मा प्रकाशित गरेको हो । उक्त परिक्षामा २४ जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा पर्न सफल भएका छन् । उच्च अंक ल्याएर उतिर्ण हुने विद्यार्थीहरुको सूची यस्तो छ ।