एभरेष्ट बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले अफिसर तहको लागि चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो ।

मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट पास गरेको हुनुपर्ने र ३० वर्षभन्दा कम उमेर भएका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । साथै, अंग्रेजी र नेपाली भाषा प्रस्ट आउने, कम्प्युटरको ज्ञान भएको र बैंकमा कार्य गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ । 

उक्त पदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिने बैंकले जनाएको छ ।