पोखरामा आईक्यानको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न (फोटो-कथा)



  • सिए सरोकार सम्बाददाता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले पोखरामा अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । आईक्यानले फागुन १९ गते शनिबार पोखराको होटल पोखरा ग्राण्डमा 'इन्टरनेशनल कन्फरेन्स अन सस्टेनबिलिटी रिपोर्टिङ-२०२४' सम्मेलन सम्पन्न गरेको हो । कन्फरेन्स उद्घाटन, प्राविधिक सेसन अन्तर्गत सस्टेनेबल ईकोनोमि एण्ड बिजनेश अभ्यास, एडप्टिङ एण्ड इम्प्लिमेन्टिङ सस्टेनेबिलिटी रिपोटिङ स्ट्याण्डर्डस् आईएफआरएस एस वान र आईएफआरएस एस टू र एक्सपिरियन्स सेयरिङ अन सस्टेनेबल बिजनेश प्रयाक्टिस एण्ड सस्टेनेबिलिटी रिपोटिङ गरी तीन चरणमा सम्पन्न भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा आईक्यानका अध्यक्ष सुजन कुमार काफ्लेको शुभकामना मन्तव्य दिएका थिए । साथै साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)का उपाध्यक्ष असफाक युसुफ तोला, साफाका अध्यक्ष हेशाना कुरुप्पु, सार्कका महासचिव मोहम्मद गुलाम सर्वर, नायब महालेखापरीक्षक विन्दु विष्ट र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्तव्य दिएका थिए । यस्तै आईक्यानका उपाध्यक्ष प्रविणकुमार झाले आफ्ना मन्तव्यसहित धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

यसैगरी कार्यक्रमको टेक्निकल सेसनमा सीए श्रीलंकाका उपाध्यक्ष तिसान सुवासिंघेले 'सस्टिनाबिलिटी रिपोर्टिङ : अ रिभोलुसन इन अकाउन्टिङ प्रोफेसन' विषयका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमको पहिलो सत्रमा 'सस्टिनाबिलिटी रिपोर्टिङ फर सस्टिनेबल इकोनोमी' विषयमा प्रस्तुती र प्यानल डिस्कसन गरिएको थियो । जसमा प्यानलिस्टहरु नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष रमेश हमाल, अधिवक्ता भोलानाथ ढुंगाना र प्राध्यापक डा। लेखनाथ भट्टराई रहेका थिए भने सो प्यानल डिस्कसनको सहजीकरण आईक्यानका उपाध्यक्ष प्रविणकुमार झाले गरेका थिए ।

त्यसैगरि कन्फरेन्सको दोस्रो सत्रको प्यानल डिस्कसनमा भने प्यानलिष्टका रुपमा बंगलादेशको चार्टर्ड एकाउन्टेन्टको संस्था (आईसीएबी)का केन्द्रीय परिषद् सदस्यहरू सब्बिर अहमद र मोहम्मद अली लतिफ र आईक्यानका केन्द्रीय परिषद् सदस्य सुरेन्द्र श्रेष्ठ थिए । साथै प्यानल डिस्सकसनको सहजीकरण भने भारतको चार्टर्ड एकाउन्टेन्टको संस्था (आईसीएआई)का केन्द्रीय परिषद् सदस्य डा। राजकुमार एसआर अदुकियाले गरेका थिए ।

कन्फरेन्सको तेस्रो सत्रमा ‘पीएओज इन साउथ एसिया रिजन अन सस्टिनेबल बिजनेस प्राक्टिस एण्ड सस्टिनाबिलिटी रिपोर्टिङ’को विषयमा अनुभव आदानप्रदान गर्नुका साथै ‘वुमन लिडरसिप अवार्ड’ पनि वितरण गरिएको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्ः