सिन्धु विकास बैंकले माग्यो चार्टड एकाउन्टेन्ट, यस्तो छ आवश्यक योग्यता तथा अनुभव


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले चार्टड एकाउन्टेन्ट र एनआरबी रिपोर्टिङ सुपरभाईजरका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । बैंकले आह्वान गरेको दरखास्तमा आवेदन दिने समय चैत १३ गते (मंगलबार)सम्म तोकिएको छ ।

सो अवधिमा इच्छुक आवेदकले व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्र, नागरिकता र दुई प्रति फोटो (पासपोर्ट साईज)सहित आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।