तोयम राया बने महालेखा परीक्षक

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखा परीक्षकमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो ।

लेखा पृष्ठभूमिका राय हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । बिगत लामो समयदेखि आधा दर्जन बढी महत्वकांक्षीहरु महालेखापरीक्षक बन्ने दौडमा थिए । अन्ततः रायले महालेखापरीक्षकमा बाजी मारेका छन् ।

महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका थिए ।