एक्यानको कोषाध्यक्ष पदमा दिलिप खनाल निर्वाचित


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को निर्वाचनमा सिए दिलिप खनाल निर्वाचित भएका छन् । प्रतिद्वन्दी आरडी पाण्डेयलाई हराउँदै खनाल निर्वाचित भएका हुन् ।

यस्तै संघको अध्यक्ष पदमा अरुण राउत निर्वाचित भएका छन् । प्रतिद्वन्दी रमेश कुमार धिताललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

यता, संघको महासचिव पदमा प्रचण्डध्वज कार्कीलाई हराउँदै संजिता नेपाल बिजयी भएकी छिन् ।