नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा अरुण राउत निर्वाचित


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा सिए अरुण राउत निर्वाचित भएका छन् । प्रतिद्वन्दी रमेश कुमार धिताललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

यता, संघको महासचिव पदमा प्रचण्डध्वज कार्कीलाई हराउँदै संजिता नेपाल बिजयी भएकी छिन् ।

यस्तै संघको कोषाध्यक्षमा सिए दिलिप खनाल निर्वाचित भएका छन् । प्रतिद्वन्दी आरडी पाण्डेयलाई हराउँदै खनाल निर्वाचित भएका हुन् ।