एक्यानको चुनाव : महिला कोटामा सदस्यतर्फ दृष्टि पौडेल निर्वाचित


काठमाडौँ । एक्यानको चुनावमा महिला कोटाको सदस्यतर्फ दृष्टि पौडेल निर्वाचित भएकी छिन् । प्रतिद्वन्दी अनुपमा संग्रौलालाई पराजित गर्दै पौडेल निर्वाचित भएकी हुन् ।

यस्तै संघको अध्यक्षतर्फ अरुण राउत निर्वाचित भएका छन् भने महासचिवमा संजिता नेपाल निर्वाचित भएकी छिन् । यस्तै संघको कोषाध्यक्ष पदमा दिलिप खनाल निर्वाचित भएका छन् ।