राष्ट्रिय वाणिज्य बैंकको सीईओमा सिए देवेन्द्र रमण खनाल नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सिए देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।

एक सूचना जारी गर्दै बैंकको सञ्चालक समितिको जेठ १० गते (बिहीबार) बसेको २६९०औँ बैठकले बैंकमा रिक्त रहेको सीईओ पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकका तत्कालीन सीईओ किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त रहेको सीईओ पदका लागि बैंकको सीईओ नियुक्त तथा सिफारिस उप-समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई ‘सर्टलिष्ट’ छनौट गरेको थियो ।

‘सर्टलिष्ट’मा परेका पाँचैजनाले जेठ ९ गते बुधबार दिएको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा देवेन्द्र खनाललाई बैंकको सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।