एक्यानको कार्यक्रममा नाडाका अध्यक्ष चौधरीले भने- ‘कसिलो नीतिले अटो व्यवसाय धराशायी भयो’
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhKwOHWwBvw2FCE9VUV35YJUnV5jppQ9rUoNNGd-UfVYmBwLs9s0Ww-rP2DkMlnUw1aQzh8fUWz4HxlgFPjbvYdj5JXREho2PId0E_k3HEJy_dSNi6-A5k8iD2pmOTEcPAI4DplhV9fslsHETrMfq0a6TWlqmmMGikf9WS-oNhPgumyYtj8OB4q1dpNx_UC/s16000/karan-chaudhary-Ca-Saroakr.jpg)
- सिए सरोकार सम्वाददाता
उनले सरकारको कसिलो नीतिले अटो व्यवसाय धराशायी हुँदै गएको उल्लेख गरेका छन् । साथै चौधरीले अहिलेको अवस्था परिवर्तन नहुने हो भने अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरेका छन् ।
त्यस्तै, नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख उल्लेख गर्दै चौधरीले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरेका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके र अवैध तस्करी नियन्त्रण गर्न नसके अटो व्यवसाय धराशायी बन्ने निश्चित रहेको दाबी गरेका छन् ।
त्यस्तै, अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भए पनि पछिल्लो समय सबैभन्दा धराशायी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्