नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को महासचिवमा संजिता नेपाल निर्वाचित



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को महासचिवमा संजिता नेपाल निर्वाचित भएकी छिन् । प्रतिद्वन्दी प्रचण्डध्वज कार्कीलाई हराउँदै नेपाल बिजयी भएकी छिन् । उनी एक्यानको पहिलो महिला महासचिव हुन् ।

यस्तै संघको अध्यक्षमा सिए अरुण राउत निर्वाचित भएका छन् भने यस्तै संघको कोषाध्यक्षमा सिए दिलिप खनाल निर्वाचित भएका छन् ।