एक्यान भक्तपुरको आयोजनामा 'नो योर क्यान्डीडेट' कार्यक्रम सम्पन्न...(फोटो-कथा)


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनाव नजिकिँदै गर्दा चुनावका उम्मेदवार र मतदाताबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको छ । शुक्रबार भक्तपुरस्थित जर्मन होम्समा दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म सो कार्यक्रम आयोजना भएको हो । सो कार्यक्रममा सबै उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

एक्यान भक्तपुरका अध्यक्ष सिए थानेश्वर बस्यालले अध्यक्षता गरेको सो कार्यक्रममा उपस्थित सबै उम्मेदवारहरुले आ-आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए । सिए एकराज सिग्देलले संचालन गरेको सो कार्यक्रममा सिए भुपराज न्यौपानेलेसमेत उम्मेदवारहरुलाई आइक्यानले गर्नुपर्ने विभिन्न कामका बारेमा सुझाव दिएका थिए ।

एक्यान भक्तपुर र सिए सरोकारमा प्रत्यक्ष प्रशारण गरिएको सो कार्यक्रममा उम्मेदवारहरुले सार्वजनिक रुपमा मतसमेत मागेका थिए ।

पछिल्लो समय एक्यानका विभिन्न जिल्ला समितिमध्ये एक्यान भक्तपुर सबैभन्दा बढी क्रियाशील देखिएको छ ।बाँकी फोटो फिचरमा हेर्नुहोस्: